६ हजार ८५ जनामा कोरोना पुष्टि, ६८ जनाको मृत्यु

नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । १७ हजार १४७ जनामा पीसीआर परीक्षण गर्दा ५२८५ र ३०१८ एन्टिजेन परीक्षणमा ८ सय जना गरी ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म ७ हजार ४ सय ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ६ हजार ८९८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ५४ हजार ३४४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित छन् भने ७२५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर हालसम्म ३० लाख ७४ हजार ५७१ वटा नमुनाको पीसीआर विधिबाठ कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार