गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश

‘एक्सिस टू अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १५ औं बर्ष पूरा गरि १६ औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल  बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । । बैंकले गरिमामय यात्रामा निरन्तर साथ दिनेसेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति कृतज्ञता प्रकटसमेत गरेको छ ।

यस्तै बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । त्यस्तै बैंकले रक्तदान कार्यक्रमलाई बैंकले विगत वर्षहरुमा समेत महत्वका साथ निरन्तरता दिँदै आएको छ । मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ । बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार