बारपाकमा कोरोना संक्रमणको दर घट्दो, फर्कियो स्वास्थ्यकर्मीको टोली

गोरखाको बारपाकमा समुदायमा फैलिएको कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको पाइएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना परिक्षण र स्वास्थ्य उपचारका लागि वारपाक पुगेको स्वास्थ्यकर्मीको टोली फर्किएको छ ।

दुईदिनसम्म वारपाकमा रहेको टोलीले ९ शय ७४ जनाको कोरोनाको एन्टिजेन परिक्षण गरेको थियो भने स्वास्थ्य उपचारसँगै मनोसामाजिक परामर्श उपलब्ध गराएको थियो ।

विभिन्न टोलका ९ सय ७४ जनाको एन्टिजेन परिक्षण गर्दा ८१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै ३ सय ४२ जनाको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये १ शय ३० जनामा कोरोना संक्रमण देखिएकोे प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार