घट्यो सुनको मूल्य

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले घट्दै ९६ हजार ८ सयमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रूपैयाँले नै घट्दै ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार