बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका दुई/दुई जना तथा कैलाली, सल्यान र रोल्पामा एक/एक गरी सात जना छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार