बागलुङमा चट्याङ लागेर एक बालकको मृत्यु, बालिका घाइते

आज अपराह्न परेको चट्याङ लागेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा एक बालकको ज्यान गएको छ ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको चट्याङ लागेर मृत्यु भएको हो । घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका पेमीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिए ।

ठूलो पानी परेको र छाता ओढेर बाहिर निस्कन लागेको अवस्थामा उनलाई चट्याङ लागेको स्थानीयको भनाई छ । विद्युत मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरिर जलेको पाइजाले बताए ।

त्यस्तै वडा नम्बर ४ मा चट्याङ लागेर ११ वर्षीया बालिका सृष्टि राकसकोटी घाइते भएकी छन् । चट्याङले स्थानीय प्रेम राकसकोटीको दुई घरमा आंशिक क्षति पुगेको स्थानिय भक्त रेश्मि मगरले बताए ।

राकसकोटीको घरमा भएका लत्ता कपडा, खाद्यान लगायतका सामानहरु जलेर नष्ट भएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार