विश्वकप फुटबल : अर्जेन्टिनाविरुद्ध साउदीको ऐतिहासिक जित

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।

यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ ।साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ । यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार