एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरू सहभागी भएको बैठकले आन्तरिक एकतालाई सुदृढ पार्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन । प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा छैन ।

वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् ।

प्रवक्ता ज्ञवालीले एमालेका उम्मेदवारलाई हराउन भूमिका खेलेर गर्व गर्ने प्रवृति माधव नेपाल पक्षमा देखिए पनि आफूहरु पार्टी विभाजन हुन नदिन हदैसम्मको लचिलो बनेको बताए ।

सम्बन्धित समाचार