सरकार र थरुहटबीच ६ बुँदे सहमति, रेशम चौधरीलगायतको रिहाइको लागि पहल गर्ने

नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।

आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्याङ्कन गरी क्षतीपूर्ती उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए। यस्तै महिला र असहायमाथि दुव्र्यवहारलाई छानबिन गरि कानुनी दायरामा ल्याउनेसमेत सहमतिमा उल्लेख छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार