पर्वतकी संक्रमित महिलाको धौलागिरी अस्पतालमा मृत्यु

बागलुङ जिल्लाको धौलागिरी अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ की ७० वर्षीया महिलाको उपचारका क्रममा गएराति बागलुङमा मृत्यु भएको हो ।

मृतक महिलामा वैशाख २८ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । शवास प्रश्वासमा समस्या आएपछि उनी वैशाख २७ गते सो अस्पतालमा भर्ना भई आइसीयुमा उपचाररत थिइन् ।

योसँगै धोलागिरी अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जनाएको छन् । साथै कोरोनाका कारण बागलुङ जिल्लामा मृतकको संख्या ४३ पुगेको कोरोना फोकल पर्सन देवप्रकाश पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार