महन्थसहित चार नेतालाई निष्कासन गर्ने जसपा उपेन्द्र पक्षको निर्णय

जसपाको उपेन्द्र–बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार