इजलासबाट दुई वरिष्ठ न्यायाधीश बाहिरिएपछि संवैधानिक इजलास स्थगित

२३ गते नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीशको घोषणा

दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला दुई वरिष्ठ न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिएका थिए । न्यायाधीशद्वय इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।

आजको इजलास शुरु हुनासाथ केसी र श्रेष्ठले इजलासबाट अलग नहुने बताएका थिए । उनीहरुले आदेश सुनाउँदै भने–माननीय न्यायाधीशहरुले हामीले मुद्दा हेर्न मिल्छ भन्ने राय दिनुभएको छ । उहाँको रायका विषयमा हामीलाई केही भन्नु छैन ।

जवाफमा वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने, ‘इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार