ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन्। सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीका सुधिन शाक्यले २४९७ मत पाएर दोस्रो स्थानमा छन्।
चौथो स्थानमा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १४७७ मत प्राप्त गरेका छन् ।
लतिलपुर–३ मा अमृत खड्काले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन्।यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छन्।