प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका प्रतिनिधिबिच भेट

सर्वोच्च अदालत बार एसोसिएसनका प्रतिनिधिहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरेका छन् । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा बारका प्रतिनिधिले प्रधानन्यायाधीश जबरासँग उनकै चेम्बरमा गएर भेट गरेका हुन् । छलफलमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी छन् । यस्तै, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई पनि छलफलमा सहभागी छन् ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् । मंगलबार पनि सोही इजलासले निरन्तरता पाएको छ ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि उनीहरूबीच छलफल भएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् ।

न्यायाधीश श्रेष्ठले नेकपा नाम विवाद मुद्दामा एमाले र माओवादी ब्युँताउने फैसला गरेको त्यसकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै कानुन व्यवसायीहरूले प्रश्न उठाएका हुन् । न्यायाधीश केसीले प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइमा पनि सहभागी थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार