नाइजरमा बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा ४० नागरिकको मृत्यु

बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् । अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिएपनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिएका हुन् ।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरुले घरघरमा आगजनी गरेका थिए । आगजानीका कारण कतिपय घरहरु पनि जलेका छन् । घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरुले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो । नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ ।

आक्रमणमा परी आम नागरिकसँगै सुरक्षाकर्मीहरुको पनि मृत्यु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार