समस्या ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको शर्माले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । उनले समस्या ‘कालो कोट’ मा होइन ‘कालो सोच’ भएको भन्दै प्रधानमन्त्री ओलीलाई व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन आग्रह समेत गरेका छन् ।

शर्माले लेखेका छन्, ‘अरु बोले अराजक अभिव्यक्ति, आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘उनले थपे, ‘सम्माननिय, प्रधानमन्त्री, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!’

सोमबार युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए ।

प्रधानमन्त्रीको आक्रोश : आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार