कांग्रेस पदाधिकारी बैठक : सदस्यता वितरण र नविकरण द्रुत गतिमा अघि बढाउने

सरकारका विषयमा छलफल नै नभएको नेता लेखकको दाबी

नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता वितरण र नविकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ ।

पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशिल सदस्यको भूमिका हुने भएकाले क्रियाशिल सदस्यता वितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तुत गरेको थियो, जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले बताए ।

झण्डै ५ लाख क्रियाशिल सदस्यलाई दब्बर बनाउने पार्टीको लक्ष्य भएपनि क्रियाशिल सदस्यता वितरण र नविकरण सुस्त देखिएको उनले बताए । उनले क्रियाशिल सदस्यताको रिपोर्ट बुझाउने मंगलबार अन्तिम दिए भएकाले मंगलबारसम्म उक्त संख्या बढ्न सक्ने जानकारी दिए ।

फरक प्रसंगमा उनले सरकारका विषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको दावी गरेका छन् । अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसले सरकार बन्न नसक्ने उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार