एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको हो ।

आइतबार मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको थियो । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।

गतवर्ष पनि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार