श्रीमानको कोरोनाका कारण मृत्यु भएपछि श्रीमतीद्वारा आत्महत्या

कोरोना संक्रमणका कारण श्रीमानको मृत्यु भएपछि बाजुरा जिल्ला निवासी श्रीमतिले झुण्डिएर आत्महत्या गरेकी छन् ।

बाजुराको छेडदह गाउँपालिका वडा नं. ७ का २९ वर्षीय सुरेश कठायतलाई थप उपचारका लागि जेठ २ गते डडेल्धुरा अस्पताल ल्याइएको थियो । शनिबार उपचारको क्रममा सुरेशको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमती सरिताले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

चिकित्सकले मृत घोषणा गर्नुपूर्व नै आईसियु कक्षबाट बिहानै बेपत्ता भएकी उनको बेलुका ५ बजेतिर अस्पताल नजिकै रहेको जंगलमा मृत अवस्थामा शव फेला पारेको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । पारिवारिक स्रोतका अनुसार उनीहरुले लामो समयको सम्बन्धपछि गत मंसिरमा विवाह गरेका थिए ।

शवको पोष्टमार्टम गरेर आफ्न्तको जिम्मा लगाएको र कोरोना संक्रमणबाट मृत्यु भएका श्रीमान र आत्महत्या गरेकी श्रीमती दुवै जनाको शव आफ्न्तले बुझेर लगेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार