नाइजेरियाको स्लामिक विद्यालयमा अध्ययनरत १५० विद्यार्थी अपहरणमा

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्ययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । विद्यार्थीहरु बन्दुकधारीको अपहरण परेको नाजेरियाली अधिकारीले पुष्टि गरेका छन् ।

कतिपय संचार माध्यमहरुले अपहरणमा पर्ने विद्यार्थीको संख्या २ सय रहेको जनाइएको छ । मोटरसाइकलमा आएका अपहरणकारीले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेको बताइएको छ ।

उनीहरुले अन्धाधुन्द गोली चलाउने क्रममा दुई जनाको मृत्यु भएको छ । विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी रहेका थिए ।

नाइजेरियाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण पछिल्लो समय बढ्दो छ । गत फेब्रुअरीमा एक बोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए । ती मध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार