आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । आइतबार प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार पनि सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार