लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै

राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ ।मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ ।

बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान हुने कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

कुँवरका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दुई जना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

प्रदेशमा कुल मतदाता संख्या २९६ हो । प्रदेशसभा सदस्य ७९ जना र स्थानिय तहका प्रमुख उपप्रमुख २१७ जना छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य मतभार ४८ र स्थानिय तहका प्रमख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतभार गणना हुन्छ ।

मतभार अनुरुप प्रदेशसभा सदस्यले ३ हजार ७९२ र स्थानिय तर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ । जितका लागि ३ हजार ८ सय ५० मत ल्याउनु पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार