कसरी भयाे ‘आदिपुरुष’ नचल्दै फ्लप ?

अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको बहुप्रतिक्षीत फिल्म ‘आदिपुरुष’ आगामी जनवरी १२ मा रिलिज नहुने सम्भावना छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार निर्माताहरूले यसको रिलिज मिति सार्ने सोच बनाएका छन्।

अब यो फिल्म गर्मी यामतिर रिलिज गर्ने बताइएको छ। खबरहरूका अनुसार अरू फिल्मसँग जुध्नबाट जोगिने मिति सारिएको दैनिक भाष्करले लेखेको छ। जनवरी(फेब्रुअरीमा दक्षिण भारतीय ठूला फिल्म रिलिज हुँदै छन्।

चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’, नन्दमुरी बालकृष्णको ‘वीर सिम्हा रेड्डी’, ममूटीको ‘एजेन्ट’ र थलापति विजयको ‘वारिसु’ रिलिजको तयारीमा छन्।यी सबै फिल्मका बीच ‘आदिपुरुष’ लाई दक्षिण भारतमा धेरै स्क्रिन पाउन मुश्किल हुने देखिएको छ। यही कारण आदिपुरुषको रिलिज मिति सार्न लागिएको अनुमान छ। यसबारे निर्माताहरूले भने कुनै आधिकारिक जानकारी दिएका छैनन्।

केही समयअघि मात्र आदिपुरुषको टिजर सार्वजनिक भएको थियो। एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार