प्रतिनिधिसभा विघटन मुद्दाको पेशी मंगलबारलाई तोकियो

दुई न्यायाधीशले बेन्च छाड्ने-नछाड्नेबारे भोलि निर्णय हुने

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आगामी मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । आइतबार पनि यसमा बहस भएको थियो ।

आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।

आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।

वैशाख १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ । सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार सोबारे निर्णय सोमबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार