बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई फिर्ता बोलाउँदै ट्विटर

न्युयोर्क – एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ। कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो। इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५० प्रतिशत कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार