उज्वल थापाको स्वास्थ्य अवस्थाबारे उपप्रधानमन्त्रीले लिए जानकारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका छन् । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने ।
थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।  उनको स्वास्थ्य अवस्था अहिले थप जटिल बनेको छ।  कोरोना सङ्क्रमित भएर नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट उपचार गराउँदा पनि अवस्थामा सुधार आएको छैन।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार