नेता उज्जवल थापाको स्वास्थ्य अवस्था थप जटिल

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।  कोरोना संक्रमित भएर नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट उपचार गराउँदा पनि अवस्थामा सुधार आएको छैन।

यस्तै, परिवार, साथी र शुभेच्छुकहरुको तर्फबाट आइतबार जारी विज्ञप्तिमा एक्को प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरुको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भैरहेको भए तापनि अवस्था जटिल बन्दै गएको जानकारी दिइएको छ । यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो।

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए ।

पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार