अमेरिकाको टेनिसीमा विमान दुर्घटना, सात जनाको मृत्यु

Sunrise Bank Middle Size

एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...