संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन विपक्षी गठबन्धनको आग्रह

विपक्षी गठबन्धनको बैठकले संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन सबै निकायलाई आग्रह गरेको छ ।

आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको ५ दलको बैठकले सरकारले संविधान विपरीत र अलोकतान्त्रिक काम गरेको भन्दै त्यस्ता काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेको हो ।

बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको संयुक्त विज्ञप्तिमा वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भनिएको छ ।

उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने पनि विश्वास लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार