विपक्षी गठबन्धनका शीर्ष नेताबीच देउवा निवासमा छलफल

विपक्षी गठबन्धनका शीर्ष नेताहरू आइतबार छलफलमा जुटिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान साढे ९ बजेदेखि छलफल जारी छ ।
संसद् विघटनविरुद्ध राजनीतिक साथै कानुनी लडाइँ लड्ने निर्णय गरेका विपक्षी दलका नेताहरूबीच सरकारले ल्याएको बजेट र थप रणनीति तय गर्ने विषयमा छलफल भइरहेको छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् ।​ जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार