सन्दीप लामिछानेसँगको बयान सकियो

काठमाडौँ – किशोरी बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको जानकारी दिए ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो अभियोगपत्र दायर गरेको थियो ।

त्यसपछि अदालतमा आज सन्दीपको बयान भएको हो । सूचना अधिकारी दाहालका अनुसार अभियुक्तको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस हुनेछ ।

सन्दीपमाथि गत ५ भदौमा काठमाडौंको एक होटलमा पुर्याएर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार