बम विस्फोटको घटना अनुगमन गर्दै मानव अधिकार आयोग

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका–१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ । कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जानकारी दिएको छ ।

प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार