हावाबाट छिट्टै फैलने कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटियो

भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको । नयाँ प्रकारको कोरोनाको भेरियन्ट भारतीय तथा यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको हो । स्वास्थ्य अधिकारीहरूले यो भेरियन्ट हावाबाट छिट्टै फैलने बताएका छन्।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक बताएका छन्।

स्वास्थ्य अधिकारीहरुले नयाँ​ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेका छन् ।

गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।

खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिरामी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार