सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने

काठमाडौँ – नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ ।

मंगलबार आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो । प्रसूति सेवा सुनिश्चित, हवाइ एम्बुलेन्सलगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार