पोग्बाले विश्वकप गुमाउने

काठमाडौं । फ्रेञ्च मिडफिल्डर पउल पोग्बाले कतार विश्वकप गुमाउने भएका छन् । युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका २९ वर्षे पोग्बाको घुँटाको शल्यक्रिया गरिएको छ । तर उनलाई निको हुन अझै समय लाग्ने भएकाले उनले विश्वकप गुमाउन लागेका हुन् ।

पोग्बाका एजेन्ट राफाइला पिमेन्टाले विज्ञप्ति निकालेर उनले विश्वकप गुमाउने जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘टोरिनो र पिटर्सबर्गमा हिजो र आजको स्वास्थ्य परीक्षणपछि यो जानकारी गराउँदै धेरै पीडा भएको छ कि पउल पोग्बाका लागि शल्यक्रियाबाट रिकभर हुन अझै केही समय चाहिन्छ ।’

जारी सिजनको सुरुमै म्यानचेष्टर युनाइटेडबाट युभेन्टस आएका उनले चोटकै कारण सिरी एमा खेलेका छैनन् । गत जुलाईमा घुँडाको चोट लागेको भए पनि उनले विश्वकप खेल्नकै लागि भनेर तत्काल शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । कतार विश्वपकमा फ्रान्सले नोभेम्बर २२ मा आफ्नो पहिलो खेल अष्ट्रेलियासँग खेल्ने छ । यो समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार