माओवादीको घोषणा पत्र : जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव

'बहुदलपछि राजकीय पदमा बस्नेको सम्पत्ति छानविन गरिने'

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषण पत्रमा माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सार्वजनिक गरिएको घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धतता जनाएको एक नेताले बताए ।

राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतिय व्यवस्थामा जान माओवादीले जोड दिएको छ ।सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने गरी प्रस्ताव गरिएको छ ।

यस्तै माओवादीले बहुदलपछि राजकीय पदमा सबेका सबै व्यक्तिको सम्पत्ति छानविन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्नेक्रममा माओवादीले २०४७ सालको परिवर्तन यता राजकीय पदमा बसेका व्यक्तिको सम्पत्ति छानविन गर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

२०४७ सालको परिवर्तन यताका सबै सरकारका प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सबै दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका सबै कर्मचारीको सम्पत्ति छानविन गर्ने बताएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार