एकीकृत समाजवादीको घोषणा पत्र : भ्रष्टाचाररहित समाज निमार्ण गर्ने सकल्प

'भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने '

काठमाडौं – नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।

समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा समेटिएको छ।

नेकपा एकीकृत समाजवादीले मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष निकालेको छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सो पार्टीले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ ।

‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याहरूले जरो गाडेका छन्’, नेकपा एकीकृत समाजवादीले भनेको छ– ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि दृढ सङ्कल्पित छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार