किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो ।

यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ ।

“हामीले टुँडिखेलमै कार्यक्रम आयोजन गर्ने तयारी गरेका थियौँ तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,” गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार