ऋण थपेर पौने दुई खर्बले बढ्यो बजेटको आकार

रकारले आगामी वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट कार्यक्रम प्रस्तुत गरेका छन्। कर्मचारी तलब र वृद्धभत्ता वृद्धिसहित कार्यक्रम पेश गरेका हुन्।

सरकाले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो । यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ। यस्तै विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छ । यो कुल विनियोजनको २२.७ प्रतिशत हो।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ। यस्तै राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ।

वैदेशिक अनुदान बाट ६३ अर्ब प्राप्तिको लक्ष्य छ। यस्तै वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब आन्तरिक र ऋणबाट २ खर्ब ५० अर्ब उठाउने तयारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार