कोटेश्वर-जडिबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले काठमाडौं र भक्तपुर जोड्ने कोटेश्वरको यातायात चापलाई व्यवस्थित गर्नका लागि तीनकुने जडिबुटी क्षेत्रमा सुरुङ मार्ग निर्माण गरिने बताएका छन् । जसका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ ।

उनले नागढुंगा–सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिई २ वर्षभित्र सञ्चालनमा ल्याइने पनि बताएका छन् ।

नागढुंगा सुरुङमार्ग ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने आगामी वर्ष पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग प्रारम्भ गरिनेछ ।

उनले काठमाडौं उपत्यकाको जाम घटाउन कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार