३ लाख २५ हजार रोजगारी सिर्जना गर्न १३ अर्ब ४० करोड रुपैयाँ बजेट

सरकारले आगामी वर्ष ३ लाख २५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसको लागि सरकारले १३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको अर्थ मन्त्री विष्णु पौडेलले बताए ।

सबै नागरिकलाई रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ बजेट छुट्याएको हो । सरकारी, निजी र गैरसरकारी निकायसँग समन्यव गरी आगामी वर्षसम्म २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री पौडेलले बताए ।

उनले चालु आर्थिक वर्ष २०७८/०७९ बजेट विनियोजन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार