सरकारले रेल सेवा विस्तार गर्न १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण गर्न र रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यात्रालाई छिटो र सुरक्षित बनाउन रेलमार्ग निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि रेलमर्ग निर्माण गर्न तथा रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न ८ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।