सरकारी कर्मचारीलाई खर्चसहित १० दिन भ्रमण बिदा

सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि भन्दै यस्तो सुविधा दिएको जानकारी गराएका हुन् ।

निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ । यस्तै सरकारले एक महिना अवधिको पर्यटन भिसा पनि निःशुल्क दिने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार