चलचित्र उद्योगलाई इजाजत र नवीकरण दस्तुर छुट, बिजुली खपतमा पनि सहुलियत

सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताए ।

चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन । उक्त उद्योगहरू स्वत: नवीकरण हुनेछन् ।

कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धीको लसी हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शूल्क छुट लागेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार