नेपालमा ४ हजार ४८७ जनामा कोरोनापुष्टि, ११६ जनाको मृत्यु

थप ६ हजार ८० जना संक्रमणमुक्त

नेपालमा शनिबार ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ पीसीआर र ७४६ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ११६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि शनिबार थप ६ हजार ८० जना संक्रमण मुक्त भएका छन् भने आजसम्म ४ लाख ३४ हजार ७५० जनाले कोरोनालाई जितेका छन् ।

हाल नेपालमा १ लाख ११ हजार ६०९सक्रिय संक्रमित रहेका छन् भने ८ सय ९१ जना क्वारेन्टाइनमा छन् । यस्तै हालसम्म नेपालमा ३० लाख ३१ हजार ३८३ वटा नमुनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार