राष्ट्रपतिबाट बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ गरिएको उल्लेख गरिएको छ ।

शनिबारको मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गरेको थियो। राष्ट्रपति स्वीकृति प्रदान गरेसँगै अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । यसअघि जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार