बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

लन्डन – बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् ।

यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुन् । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो ।

१९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन् । लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताइन् । उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार