तनहुँमा पहिरोले पुरिएर ६३ वर्षीया घर्तीको मृत्यु

तनहुँमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरोले पुरिएर ६३ वर्षीया सरस्वती घर्तीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनले जानकारी दिए।

तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले पुरिएर घर्ती घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यु भएको हो ।

घर पूर्ण भत्किए पनि अरु मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनले बताए ।

घरका सदस्य अर्को र वृद्धा फरक कोठामा सुतेका कारण अरु भने बाँच्न सफल भएको उनले जानकारी दिए। घरमा घर्तीसहित ५ जना रहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार