थप ४६ जना कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ४६ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २८७ जनामा गरिएको परीक्षणमा ४६ जना संक्रमित भेटिएका हुन्।

आज १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ सय ११ जना रहेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार