राष्ट्रिय कीर्तिमानसहित जयरानीले जितिन दोस्रो स्वर्ण

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५ दममलव १६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

फाइनल चरणमा भने उनले निर्धारित दुरी १५ दशमलव ६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।यस अघि उनकै नाममा १५।२० सेकेन्डको कीर्तिमान थियो।

जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। यस स्पर्धामा आर्मीकै निर्मला थापाले रजत जितिन्। एपीएफकी भगीरती कुमारी थारुले कास्य हात पारिन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार